गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ। ७४ वर्षको उमेरमा अध्यक्ष थापाको बिहिबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।
गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीका अनुसार थापा ब्लड क्यान्सरबाट पीडित अध्यक्ष थापा १० दिनअघि अस्पताल भर्ना भएका थिए।
अध्यक्ष थापाका चार छोरा छन्। उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।