डा.गोविन्द केसीले २२ औं पटकको आमरण अनसन तोडेका छन्।
बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ औं अनसन तोडेको जनाएका हुन्।
पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर उनले अनसन तोडेका हुन्।
डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैले अपरेसन गरेका घाइते भएको बताए। द्वन्द्व पीडितहरूलाई आफैले उपचार गरेकाले उनीहरूको हातबाट जुस लिएको उनले बताए।
उनले राज्यले नागरिकहरूप्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताए।
उनले द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघिदेखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताए।