बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा फाउण्डेसनले प्रथम पुरस्कार कान्तिपुरका देवेन्द्र भट्टराई र मातृका दाहाललाई १६ लाख राशीको पुरस्कार प्रदान गरेको हो।
कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त पुरस्कार प्रदान गरेका हुन्।
भट्टराई र दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको समाचारका लागि पुरस्कृत गरेको हो।
त्यस्तै, उकालो डट कमकी पत्रकार दीपा दाहाललाई पनि फाउण्डेसनले ६ लाख राशीको दोस्रो पुरस्कार प्रदान गरेको छ। उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणबारे समाचार लेखेकी थिइन्।
हिमाल खबरका रमेश कुमारलाई फाउण्डेसनले धितोपत्र बजारमा भएको चलखेलको समाचार प्रकाशन गरेकाले ३ लाख राशीको तेस्रो पुरस्कार प्रदान गरेको हो।