'एन्टी डोपिङ' भन्नाले खेलकुदमा प्रतिबन्धित औषधीलाई बुझ्नुपर्छ। खेलुकदमा प्रतिबन्धित अथवा शक्तिवर्द्धक औषधिहरू खाएको खण्डमा परीक्षण गर्दा त्यो पाइयो भने पाएको मेडल खोसिने र कारबाहीमा पर्ने हुन्छ।
खेलाडी मात्रै नभएर खेलको व्यवस्थापक, चिकित्सक, प्रशिक्षक सबै यसको भागीदार हुने भएकाले प्रतिबन्धित औषधीलाई गम्भीर रूपमा लिइन्छ।
औषधी मात्र नभइकन साइकल रेसिङमा सानोसानो गेयर बनाएर छिटो दौडाउने गरेको पाइएको छ। यसलाई मेकानिकल डोपिङको प्रयोग भनिन्छ। त्यस्तै एनिमल डोपिङ हुन्छ। जस्तै, हर्स राइडिङमा घोडालाई औषधी खुवाउने गरिन्छ। जसले गर्दा घोडा छिटो दौडिन सक्छ। यो पनि गलत हो।
कुनै पनि खेलाडीले प्रतिस्पर्धामा जानुअघि कुनै पनि खालको प्रतिबन्धित औषधीको प्रयोग गर्छ भने त्यो डोपिङ हो। तौल घटाउने औषधीको प्रयोग, मुटुको धड्कन बढ्न नदिने औषधी, इस्टामिना बढाउने औषधी प्रयोग गर्ने, स्याँस्याँ कम हुने, थकाइ कम गर्ने औषधी प्रयोग गर्नु गलत हो।
विभिन्न किसिमको नार्कोटिभ, हार्मोन अनि दुखाइ कम गर्ने औषधी लगायत सबै डोपिङ अन्तर्गत पर्छन्। यस्ता औषधी प्रयोग भएको थाहा भएमा उनीहरूले पाउने पुरस्कार सम्मान सबै फिर्ता हुन्छ भने कारबाही समेत हुन्छ।
रसियाका एथ्लेटिक्स खेलाडीले प्रतिबन्धित औषधी प्रयोग गरेपछि उनीहरूलाई खेलमै प्रतिबन्ध लगाइएको थियो। खेलाडीहरूले यो औषधी सेवन गरेर मात्र हुँदैन कसैको उक्साहटमा साइकल छिटो चलाउन सक्छौं, पौडी छिटो खेल्न सक्छौं भनेर औषधी खाइयो भने समेत त्यो डोपिङ हो। कसैको झोलामा यस्तो औषधी छ तर सेवन नगरेको भए पनि डोपिङ अन्तर्गत पर्छ।
हामीले यसलाई रोक्न विभिन्न किसिमका गोष्टीहरू समेत चलाएका छौं। यस्ता कक्षाहरू स्कुल तहमा समेत चलाएका छौं।
कुनै पनि खेलकुद प्रतियोगितामा खेलाडीहरूको डोपिङ परीक्षण गरिन्छ। एसियन गेम सुरू हुनुभन्दा अघि हामीले डोपिङ गरिसकेका छौं।
खेल हुँदाहुँदै पनि डोपिङ परीक्षण गर्ने चलन छ। धेरैजसो डोपिङ परीक्षण खेल्नुपूर्व गरिन्छ भने खेल्दाखेल्दै पनि डोपिङ परीक्षण गरिन्छ।
डोपिङ गर्दा पिसाबको माध्यमबाट गरिन्छ। डोपिङको परीक्षण रगत र पिसाब दुवैबाट हुन्छ। रगतबाट परीक्षण गर्दा धेरै खर्च लाग्ने भएकाले पिसाबबाट परीक्षण गरिन्छ। परीक्षणमा जसरी मान्छेले चिटिङ गर्छ यो पनि त्यस्तै हो। यो निष्पक्ष खेलकुदको अवधारणा अन्तर्गत आएको हो।
(खेलमा डोपिङले पार्ने नकारात्मक प्रभाव र यसलाई रोक्न किन जरूरी छ भन्ने विषयमा केन्द्रित रहेर हामीले वीर अस्पताल र नेपाल कार्डियो गल्फुटारमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन डा. ज्ञानेन्द्र शाहसँग भिडिओ कुराकानी गरेका छौं।)