डिल्लीबजार कारागारमा बिहानैदेखि तनाव छ।
कैदी र थुनुवाहरू कारागारबाट भाग्न खोजेपछि त्यहाँ ठूलो संख्यामा सेना परिचालन गरिएको छ।
कैदीबन्दीहरूले गेटबाहिर सडकपेटीमा निस्किएर नाराबाजी गरेका थिए।
सेनाले उनीहरूलाई त्यहीँ रोकेको छ।
हतियारसहितका सेनाहरूले उनीहरुलाई शान्त रहन अनुरोध गर्दै माइकिङ गरे पनि उनीहरूले नाराबाजी गर्न छाडेका छैनन्।
सेनाको घेराभित्रै उनीहरूले कारागारभित्रका सामानहरू सडकमा ल्याएर आगो बालेका छन्।
डिल्लीबजार कारागार एक अधिकारीले सबै कैदीबन्दीको जिम्मा सेनालाई दिएको बताए।
'बिहानदेखि प्रदर्शन भएपछि आगलागी भयो। नाराबाजी भए। अहिले सेनालाई जिम्मा लगाएका छौं। सार्नुहुन्छ के गर्नुहुन्छ थाहा छैन,' उनले भने।
सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले कैदीरूलाई नियन्त्रणमा लिइसकेको बताए।
'भित्रै आगजनी भएको थियो। अहिले आगो नियन्त्रणमा आइसकेको छ। कैदीबन्दीहरूलाई पनि घेरेर राखिएको छ,' उनले भने।
तस्बिरहरूः










