काठमाडौं थापाथली क्षेत्रका सुकुम्बासीहरू यतिबेला अन्योल र तनावबीच धमाधम सामान सार्न थालेका छन्।
सम्भावित स्थानान्तरणको तयारी र अनिश्चित अवस्थाका कारण बस्तीमा बसोबास गर्ने धेरै परिवारले आफ्नो सरसामान प्याक गर्न थालेका छन् भने कतिपय नयाँ बस्ने ठाउँको खोजीमा छन्।
बस्तीभित्रको दृश्य पनि मिश्रित छ। कतै मानिसहरू आफ्ना लत्ताकपडा र घरायसी सामग्री समेटिरहेका छन् भने कतै परिवारका सदस्यहरू दैनिक जीवनलाई सामान्य राख्ने प्रयास गर्दै खाना पकाउँदै देखिन्छन्।
केही परिवार भने कोठा खोज्दै विभिन्न ठाउँतर्फ सर्न थालेका छन्।
सुकुम्बासी सुरेश राईले आफूहरूलाई बस्नका लागि कोठा पाउन निकै कठिन भएको गुनासो गरे।
‘हामी सर्न त खोजिरहेका छौं तर कोठा नै पाइरहेका छैनौं,’ उनले भने, ‘मेरो त तीन पुस्तादेखि सुकुम्बासी जीवन हो। चुनावअघि यहाँ आएर छाती थापेर साथ दिन्छु भन्थे, तर अहिले भने रातविरात सर्नुपर्ने अवस्था आयो।’
उनका अनुसार धेरै सुकुम्बासी परिवारहरू बस्नका लागि कोठा खोज्दै हिँडिरहेका छन् तर सहजै कोठा पाउन नसकेको अवस्था छ।
केहीले कोठा पाए पनि घरधनीहरूले अचानक भाडा बढाएको गुनासो गरेका छन्।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।
तस्बिरहरू:
-1777039894.jpg)
-1777039894.jpg)
-1777038982.jpg)
-1777038980.jpg)
-1777038981.jpg)
-1777038981.jpg)
-1777038981.jpg)
-1777038982.jpg)