कीर्तिपुर योग साधना समाजले त्रिभुवन विश्व विद्यालय परिसरमा १२ औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ।
आइतबार बिहान १०८ सूर्य नमस्कार गरेर योग दिवस मनाइएको हो।
स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको हो।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान दशरथ रंगशालाको कभर्ड हलमा योगाभ्यास गरिएको छ।
योगाभ्यासमा बालबालिकादेखि वृद्धवृद्धाको समेत सहभागिता थियो।
तस्बिरहरू:
-ink-1782031006.jpeg)
-ink-1782031006.jpeg)
-ink-1782031006.jpeg)
-ink-1782031006.jpeg)
-ink-1782031005.jpeg)
-ink-1782031005.jpeg)
-ink-1782031005.jpeg)
-ink-1782031005.jpeg)
-ink-1782031005.jpeg)
-ink-1782031004.jpeg)
-ink-1782031004.jpeg)
-ink-1782031004.jpeg)
-ink-1782031006.jpeg)
-ink-1782031006.jpeg)
-ink-1782031007.jpeg)
-ink-1782031007.jpeg)