गत केही दिनदेखि सक्रिय रहेको मनसुनी वायुका कारण काठमाडौँ उपत्यका सहित देशभर लगातार वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकामा मंगलबार रातिदेखि नै अविरल रूपमा झरी परिरहेको छ, जसका कारण यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ।
लगातारको वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य तथा भित्री सडकहरू जलमग्न भएका छन्।
वर्षा र सडकको हिलोका कारण बिहानी समयमा कार्यालय तथा शैक्षिक संस्था जाने कर्मचारी, विद्यार्थी र सर्वसाधारणले निकै सास्ती व्यहोर्नु परेको छ।
त्रिपुरेश्वर, पुतलीसडक, जडिबुटी र कोटेश्वर लगायतका क्षेत्रमा सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी किनारका तल्लो तटीय क्षेत्र र डुबानको जोखिम रहेका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
मौसमविद्हरूका अनुसार नेपालमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय रहेकाले अझै २४ घण्टा उपत्यकासहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
स्थानीय प्रशासनले नागरिकहरूलाई नदी किनार क्षेत्रमा नजान, यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन र विपद्को जोखिम देखिएमा तुरून्त सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।
तस्बिरहरू:
-1782905681.jpg)
-1782905681.jpg)
-1782905681.jpg)
-1782905681.jpg)
-1782905680.jpg)
-1782905680.jpg)
-1782905680.jpg)
-1782905681.jpg)
-1782905679.jpg)
-1782905679.jpg)