सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याका प्रतिवादी पक्राउ परेका छन्।
जेनजी आन्दोलनको क्रममा फरार भएका न्यायाधीश बमको हत्याका प्रतिवादी मेघराज भन्ने बाबु थापा पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।
सर्लाही, बागमती नगरपालिका–१का उनलाई घरबाटै गएराति प्रहरीले पक्राउ गरेको हो।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनि पक्राउ परेका हुन्।
उनबाट मेड इन युएसए लेखिएको पेस्तोल, अर्को नाम नखुलेको पेस्तोल, तीन वटा म्यागजिन र १५ राउन्ड गोली समेत बरामद भएको छ।
पक्राउ परेका थापा र बरामद हातहतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि थप अनुसन्धान भइरहेको छ।
थापा केन्द्रीय कारागार जगन्नाथदेवलबाट भदौ २४ गते फरार भएका थिए।
२०६९ जेठ १८ गते न्यायाधीश बमको ललितपुरको युएन पार्क क्षेत्रमा गोली हानेर हत्या भएको थियो।