दसैंलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ।
सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो।
यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।
पहिलो खण्ड निर्माण सम्पन्न भइसके पनि चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगञ्ज विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
सडक विस्तारमा भइरहेको ढिलाइका कारण चक्रपथको स्तरोन्नति र यातायात व्यवस्थापनमा चुनौती कायम छ।
तस्बिरहरू:
-1792045244.jpg)
-1792045243.jpg)
-1792045243.jpg)
-1792045242.jpg)
-1792045243.jpg)
-1792045243.jpg)
-1792045242.jpg)
-1792045242.jpg)
-1792045242.jpg)
-1792045242.jpg)
-1792045241.jpg)
-1792045241.jpg)
-1792045241.jpg)
-1792045241.jpg)
-1792045241.jpg)