प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएकी काफ्लेको शल्यक्रिया गरिएको हो।
बिहीबार बिहान अस्पताल भर्ना भएकी काफ्लेको जनरल सर्जन प्राध्यापक डाक्टर प्रसन्न वीर कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।
त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोसार्यका अनुसार शल्यक्रियापश्चात् उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
चिकित्सकहरूले उनलाई केही समय अस्पतालको निगरानीमा राखिने जनाएका छन्।