काठमाडौंको रानीपोखरीमा एक जना पुरूष मृत फेला परेका छन्।
बुधबार राति १० बजेतिर काठमाडौं महानगरपालिका-२८ स्थित रानीपोखरीमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनकाअनुसार करिब ४० वर्षीय पुरूषको सनाखत हुन सकेको छैन।
उक्त पोखरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको ठीक पछाडि पर्छ।
ती पुरूष राति ७ बजेतिर रानीपोखरी पुगेको सिसिटिभी फुटेजमा देखिन्छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।