धादिङ र गोरखा जोड्ने आरूघाटको क्षतिग्रस्त पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ।
बूढीगण्डकीमा असोज २५ गते आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएको थियो।
भत्किएको ठाउँमा अस्थायी पुल राख्न बेस बनाउने काम भइरहेका छ।
८५ मिटर लामो यो पुलको २५ मिटरको आरसीसी भागमध्ये गोरखातर्फको २२ मिटर बगाएको थियो।
६० मिटरको ट्रस भाग भने सुरक्षित छ। यहाँ विजयादशमी अगावै बेलिब्रिज राख्ने तयारी छ।
धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरूघाटका नागरिकलाई आवत जावत गर्न कठिन भएको छ।
तस्बिरहरूः









तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी