दाङमा बिहीबार साँझ दुई माेटरसाइकल आपसमा ठाेक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा घाेराही उपमहानगरपालिका- २ रामपुरका ४० वर्षका टाेपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि माेटरसाइकलमा आगलागी भएको थियो।
माेटरसाइकल जलेकाले माेटरसाइकल नम्बर पहिचान हुन सकेको छैन। दुर्घटनामा दुई जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर छ।
घाइते दुवैको घाेराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भैरहेको छ।
घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका ४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको एक माेटरसाइकलमा ३ जना सवार रहेको र बंगलाचुली ४ का माेटरसाइकल चालक माेहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।
फरार माेटरसाइकल चालक डाँगीकाे खाेजी कार्य भैरहेको पनि प्रहरीले जनाएको छ।