नेपाल प्रहरीका प्रहरी निरीक्षक विशाल मल्ललाई उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ।
७१औं नेपाल प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाका प्रहरी निरीक्षक मल्ललाई उक्त पुरस्कार प्रदान गरिएको हो।
उत्कृष्ट कार्यदक्षता, व्यवसायिक निष्ठा प्रस्तुत गरेको भन्दै उनलाई पुरस्कृत गरेको हो।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीलाई विभिन्न पुरस्कार दिएको छ।