दसैं नजिकिएसँगै काठमाडौंको रत्नपार्कस्थित फुटपाथमा नयाँ तथा सुकिला नोट साट्नेको चहलपहल बढेको छ।
यहाँ फुटपाथमा बसेका व्यापारीले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटिरहेका छन्।
व्यापारीले बैंक तथा वित्तीय संस्थाबाट नोट साट्नुपर्ने झन्झट र लामो लाइनबाट बच्न चाहने सर्वसाधारणलाई अतिरिक्त शुल्क (कमिसन) लिएर नोट उपलब्ध गराउने गरेका छन्।
दसैंमा दक्षिणा दिन नयाँ तथा सुकिला नोट प्रयोग गर्ने चलन रहेकाले यस समयमा नोट साट्नेको माग बढ्ने गरेको छ। यही मागलाई लक्षित गर्दै फुटपाथमा बसेका व्यापारीले नोट साट्ने व्यवसाय गर्दै आएका छन्।
यसरी नोट साट्ने व्यवस्थाले समय अभावका कारण लाइनमा बस्न नसक्ने तथा झन्झट मान्ने सर्वसाधारणलाई सहज भएको छ।
अर्कोतर्फ, दसैंको समयमा नोट साट्ने व्यवसायबाट व्यापारीले पनि धेरथोर आम्दानी गर्ने गरेका छन्।
रत्नपार्कको फुटपाथमा देखिने यो चहलपहलले दसैंको तयारीसँगै चाडपर्वका लागि नयाँ नोटको माग र त्यससँग जोडिएको सानो व्यवसायलाई समेत झल्काउँछ।
तस्बिरहरू:
-1792158706.jpg)
-1792158706.jpg)
-1792158706.jpg)
-1792158706.jpg)
-1792158705.jpg)
-1792158705.jpg)
-1792158705.jpg)
-1792158705.jpg)
-1792158704.jpg)
-1792158704.jpg)
-1792158704.jpg)
-1792158704.jpg)
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी