बडादसैंको सातौँ दिन आज फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौंका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ।
फूलपातीका लागि आवश्यक सामग्री खरिद गर्न मारु गणेश क्षेत्र, असन र इन्द्रचोकमा सर्वसाधारणको भीड लागेको छ।
फूलपातीका लागि आवश्यक फूल, पाती, उखु, अदुवाको बोटलगायत पूजासामग्री किन्नेहरूको बिहानैदेखि बजारमा चहलपहल देखिएको छ।
दसैँको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको फूलपाती भित्र्याउने तयारीमा घरपरिवार व्यस्त हुँदा बजारमा किनमेल गर्नेहरूको संख्या बढेको हो।
नेपालीको प्रमुख चाड बडादसैँमा फूलपातीको विशेष धार्मिक महत्त्व छ।
आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा विभिन्न वनस्पति तथा फूलपातीलाई विधिपूर्वक घरमा भित्र्याएर दसैँघरमा स्थापना गर्ने परम्परा छ।
यसलाई दुर्गा भवानीको आराधना र घरमा सुख, शान्ति तथा समृद्धिको कामनासँग जोडेर हेरिन्छ।
फूलपातीका लागि प्रयोग गरिने फूल, पाती, उखु, अदुवाको बोट, केराको बोटलगायत सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। परम्पराअनुसार आवश्यक सामग्री जुटाएर पूजा गर्ने चलन रहेकाले यस दिन बजारमा यस्ता सामग्रीको माग बढ्ने गर्छ।
यी सामग्रीहरू किन्न शनिबार बिहानैदेखि असन क्षेत्रमा भिडभाड छ।
हेर्नुस् तस्बिरमा















सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।