नेपालीहरूको महान् चाड बडादसैं र तिहार नजिकिएसँगै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम बढ्ने गरेको छ।
वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न पेसा र व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीहरू चाडपर्व मनाउन समय मिलाएर स्वदेश फर्कने गरेका छन्।
वर्षभरि परिवारबाट टाढा रहेर विदेशमा काम तथा अध्ययन गरिरहेका नेपालीहरू दसैँ–तिहारका अवसरमा परिवारका सदस्य, आफन्त र साथीभाइसँग भेटघाट गर्न स्वदेश आउने गर्छन्। विशेषगरी दसैंमा मान्यजनको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा तिहारमा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालीहरू बिदा मिलाएर घर फर्कने गरेका छन्।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चाडपर्वका लागि स्वदेश फर्किएका नेपालीहरूको चहलपहल देखिएको छ। विदेशबाट आएका यात्रुहरू विमानस्थलबाट बाहिरिँदै गर्दा उनीहरूलाई स्वागत गर्न पुगेका आफन्त तथा परिवारका सदस्यहरू पनि भेटिएका छन्।
विदेशमा रहेर रोजगारी तथा अध्ययन गरिरहेका नेपालीहरूका लागि चाडपर्व परिवारसँग समय बिताउने, आफन्तसँग भेटघाट गर्ने र आफ्नो संस्कृति तथा परम्परासँग जोडिने विशेष अवसरका रूपमा रहने गरेको छ। व्यस्त दैनिकी र कामको जिम्मेवारीका कारण लामो समय घरपरिवारबाट टाढा रहनुपर्ने उनीहरू चाडपर्वमा भने बिदा मिलाएर स्वदेश आउने प्रयास गर्छन्।
दसैं–तिहार नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वका रूपमा परिचित छन्। यही अवसरमा विदेशमा रहेका नेपालीहरू पनि आफ्नो जन्मभूमि फर्किएर परिवारसँगै चाडपर्व मनाउन चाहन्छन्। त्यसैले चाडपर्वको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट स्वदेश फर्किने यात्रुहरूको आवागमनले विशेष रौनक थप्ने गरेको छ।
तस्बिरहरू:
-1792323228.jpg)
-1792323229.jpg)
-1792323229.jpg)
-1792323229.jpg)
-1792323228.jpg)
-1792323228.jpg)
-1792323227.jpg)
-1792323229.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी