बडादसैंमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर छ। तर, पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीको चाप निकै घटेको छ।
दसैंको समय भएकाले सडक किनारका सानातिना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन्।
मलेखु क्षेत्रका माछा होटलहरू र बेनिघाट क्षेत्रका स्टाफ होटलहरूमा भने यात्रामा रहेका सर्वसाधारणको राम्रै चहलपहल भेटिन्छ।
सडकमा ठूला मालबाहक गाडीको उपस्थिति नगण्य छ। त्यसको सट्टा यात्रुबाहक हायस, निजी सवारी साधन, पर्यटक बोक्ने हरियो प्लेटका गाडीहरू र टोली बनाएर कुदिरहेका दुई पांग्रे सवारीसाधन धेरै देखिन्छन्।
पृथ्वीराजमार्गको कतिपय ठाउँमा यात्रा जोखिमपूर्ण छ। कतै धुलाम्मे छ। कतै हिलो पनि छ। खाल्डाखुल्डीले पनि सडक जोखिमपूर्ण बनाएको छ। विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकहरूलाई सास्ती छ। चिप्लिएर लड्ने खतरा पनि छ।
तस्बिरहरू:
-1792329640.jpg)
-1792329639.jpg)
-1792329639.jpg)
-1792329638.jpg)
-1792329638.jpg)
-1792329637.jpg)
-1792329639.jpg)
-1792329637.jpg)
-1792329639.jpg)
-1792329640.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी