काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैँडामा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब २:२५ बजे झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
गाडीमा चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाईं र उनका ९ वर्षीय छोरा रितिक आपागाईं सवार थिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको टोलीले तीनै जनाको सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।