बारामा सर्पले टोकेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार परवानीपुर गाउँपालिका–५ नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारीलाई शनिबार राति घरकै कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।
सर्पले टोकेपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले आइतबार राति १२:२९ बजे उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ।