विजयादशमीको मुख्य दिन आज बडादसैंको टीका लगाउन सुरू भएको छ।
दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
यसै अवसरमा ६२ वर्षपछि मध्यपुर थिमिका जीवित देवी कुमारीलाई लायकु दरबार लगिएको छ।
जीवित देवी कुमारीका हातबाट भक्तजनहरूले टीका लगाउँदै छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी












