अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिवस जिसीले जानकारी दिए।
छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- रासस