बझाङका एक जना वडाध्यक्षको मृत्यु भएको छ।
जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रशाद जोशीको मृत्यु भएको हो।
प्रहरीका अनुसार वडाध्यक्ष जोशी खर काट्ने क्रममा शुक्रबार दिउँसो भीरबाट लडेर चट्टानमा बजारिपछि गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते जोशीको उद्धारको लागि हेलीकोप्टर मागिएको थियो।
तर, हेलिकोप्टर आइ नपुग्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थिए। जोशी २०७४ सालमा नेकपा (एमाले) बाट र २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित भएका थिए।