सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्म 'जन्ते बाख्रो' पोस्टर सार्वजनिक गरिएको छ।
हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन्। पोस्टरमा सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ। सार्वजनिक पोस्टरलाई रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो।
पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ। सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रूषा न्यौपानेलगायत कलाकारहरू देखिएका छन्। पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ।
फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको पनि अभिनय रहेको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्म 'जन्ते बाख्रो' सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, फिल्मको कथा यसै प्रचलनमा आधारित छ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।
यो फिल्म जेठ २३ गतेदेखि प्रदर्शन हुनेछ।
_11zon-1746080993.jpg)