गत फागुनमा नेपालमा रिलिज भएको फिल्म 'रंगी' यूकेमा पनि प्रदर्शन हुने भएको छ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म आगामी मे ९ तारिखबाट लण्डनका विभिन्न हलहरूमा प्रदर्शनमा आउन लागेको हो। यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले लण्डन प्रदर्शनका लागि जिम्मा लिएका छन्।
यसअघि यो फिल्म अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शनमा आएको थियो। सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय छ। सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको रंगी अभिनेता बस्नेतको डेब्यू निर्माण हो।
फिल्म बाबुछोरीबीचको कथामा आधारित छ। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम यसको निर्माता हुन्।