आज शुक्रबारदेखि नेपाली सिनेमाहलमा दुई नेपाली र विदेशी फिल्म प्रदर्शन सुरू भएका छन्।
नेपालीतर्फ 'के घर के डेरा: घर नं २' र 'हेल्लो काँशीराम' रिलिज भएका हुन् भने हलिउड फिल्म 'फाइनल डेस्टिनेसन: ब्लडलाइन' पनि प्रदर्शनमा आएको छ।
दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा: घर नं २' ले घर र डेरावालाको कथा भन्छ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। उनको यो पहिलो स्क्रिप्ट हो।
फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
रिम विश्वकर्माको लेखन र निर्देशनमा बनेको फिल्म 'हेल्लो काँशीराम' ले बेरोजगार युवाको कथा भन्छ। फिल्म दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरूङ, लक्ष्मी भुसाल लगायत कलाकारको अभिनय छ।
ज्याक लिपोभस्कीएडम र बी स्टेन निर्देशित 'फाइनल डेस्टिनेसन: ब्लडलाइन' बहुप्रतिक्षित फिल्म थियो।
हरर जनरामा निर्माण भएको फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोनको मुख्य भूमिका छ।