नेपाल-जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम 'नेपाल-जापान कल्चरल एक्सचेन्ज प्रोग्राम' आयोजना गरिने भएको छ।
ओजी मिडिया हाउसको आयोजनामा हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्।
ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा समेत आफ्नो प्रस्तुति दिइसकेका छन्। अब उनले नेपाली दर्शकमाझ पहिलो पटक जादुको अनुपम संसार देखाउनेछन्।
कार्यक्रम शनिबार, जेठ ३१ गते, २०८२ मा सुकेधारास्थित नवदुर्गा पार्टी भेनुमा आयोजना हुनेछ।
जादुसँगै संगीत र नृत्यको फ्युजन प्रस्तुति रहेको यस कार्यक्रममा नेपाली चर्चित कलाकारहरू टिका पुन द्वारा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिनेछ।