अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'बाटुलो जुन' मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडा अनुबन्धित भएकी छन्।
उनी फिल्ममा शीर्ष भूमिकामा अनमोलको अपोजिटमा देखिने भएकी हुन्। दर्जनौं नेपाली गीतमा मोडलिङ गरेकी उनले हिन्दी गीतमा समेत अभिनय गरेकी छन्।
उनी नेपाली फिल्मको गीतमा यसअघि देखिए पनि अभिनयमा उनको 'बाटुलो जुन' डेब्यु फिल्म हुनेछ।
भुवन केसीको निर्देशन र जिया केसीको निर्माण रहने फिल्म ग्रामीण परिवेशको कथावस्तुमा बन्न लागेको हो।
फिल्मको आगामी सातादेखि पहिलो चरणको छायांकन सुरू गर्ने तयारी छ। दोस्रो चरणको छायांकन भदौंमा गरिने निर्माण पक्षले जनाएको छ।
सनराइज पिक्चर्स प्रा.लिको ब्यानरमा बन्न लागेको फिल्मको गत जेठमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको थियो। जसमा कलाकारमा अनमोलसहित भुवन केसी र जिया केसीको समेत नाम उल्लेख छ।