सामाजिक-राजनीतिक विषयको फिल्म 'बिगुल' मा समावेश गीत 'मरूभूमिमा पानीजस्तै' सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गीतमा युवराज युवराज चौलागाईं र अनु चौधरीको स्वर छ। यस प्रेमिल गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो।
भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमाल प्रस्तुत छन्।
रमेश कोइरालाको निर्देशनमा बनेको 'बिगुल' को कथाकार र निर्माता दिनेश कोइराला हुन्। प्रस्तुतकर्तामा कल्पना पौडेल छिन्।
फिल्ममा बेनिशा र नरेनसहित बिनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।
'बिगुल' माघ ९ गतेदेखि प्रदर्शन हुने तालिका तय छ।