गत वर्षको सुपरहिट फिल्म 'खुस्मा' युट्युबमा सार्वजनिक भएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्म मंगलबार केन्द्र मोशन पिक्चर्सको युट्युबमा 'स्ट्रिमिङ' गरिएको हो।
अशोक थापा मगर निर्देशित 'खुस्मा' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। सुपरहिट गीत 'रूकुम मैकोट' यही फिल्ममा समावेश गीत हो।
फिल्मले सशस्त्र द्वन्द्धको कालखण्डको प्रेमकथा बोल्छ।
यसमा धीरज र उपासनासहित माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर, संगीता थापालगायत कलाकारहरूको अभिनय छ।
सिनेमा हलमा रिलिजको एक वर्षपछि 'खुस्मा' डिजिटल प्लेटफर्ममा ल्याइएको हो। युट्युबमा पनि फिल्मले दर्शकको माया पाउने विश्वास निर्माण टिमको छ।
'खुस्मा' हिट भएसँगै यसका निर्देशकले धीरज र उपासनालाई लिएर नयाँ फिल्म 'जलाकी' निर्माण गर्दैछन्।