फिल्म 'गोबर गणेश' को शीर्षक गीत सार्वजनिक भएको छ।
'गोबर गणेश' बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) स्वयंले स्वर दिएका छन्। फिल्म 'गोबर गणेश' मरिचमानकै निर्देशनमा बनेको हो। सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ।
रमाइलो शैलीको गीतले फिल्मको मुड, शैली र पात्रहरूको भावबारे जानकारी दिन्छ। गीतको भिडिओ, शब्द र संगीतले फिल्म कमेडी शैलीमा बनेको प्रष्टयाउँछ।
सबै कुरामा राम्रो रहेको व्यक्ति पढाइ कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने कुरा गीतमा गरिएको छ।
गम्भीर विष्टले कोरियोग्राफीमा तयार भिडिओको केन्द्रमा मरिचमान छन्। साथमा वर्षा शिवाकोटी, पुजन घिमिरे, पदम तामाङ, निर्मल शर्मालगायत कलाकारहरू देखिएका छन्।
बल्छी धुर्वे फिल्मसको प्रस्तुति रहेको 'गोबर गणेश' मा बल्छी र वर्षासँगै बिनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरूङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ।
'गोबर गणेश' माघ १ गते रिलिज हुने तालिका तय छ।