मल्टिस्टारर नेपाली फिल्म 'कल्ली' को अफिसियल टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। फिल्ममा मानिसभित्रको भगवान र राक्षसको कथा देखिन्छ।
मानिसभित्र रहने दुई विपरीत प्रवृत्तिहरूबीचको द्वन्द्ध र दार्शनिक विषयलाई फिल्मले प्रस्तुत गर्ने टिजरले बताउँछ। जब मानिसले आफ्नो भित्री देवतालाई दबाएर राक्षसलाई वर्चस्व दिन्छ, त्यसबाट उत्पन्न हुने परिस्थितिहरू कस्तो चुनौतीपूर्ण वा विनाशकारी हुन सक्छन् भने टिजरमा देखाउन खोजिएको छ। सस्पेन्स र रहस्यमय कथा फिल्मले प्रस्तुत गर्ने संकेत गर्छ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरूङलगायत कलाकारहरूको अभिनय छ।
किरण नेपालीको निर्माणमा तयार फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। लक्ष्मणकै कथा रहेको फिल्मको लेखक महेश दवाडी हुन्।
'कल्ली' फागुन १ गतेदेखि प्रदर्शनमा आउने तालिका तय छ।
भिडिओः