राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कला क्षेत्रका चर्चित अनुहारहरू समेत रहेका छन्।
गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिक सूचीमा परेकी छिन्। उनी २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन्।
त्यस्तै होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।
फिल्म निर्माता, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छन्।
सोमबार दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको थियो।