अंग्रेजी नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि हलमा एक नेपाली र दुई विदेशी फिल्म रिलिज भएका छन्।
प्रदीप खड्का स्टारर नेपाली फिल्म 'एक्लो' सहित हलिउडको 'द हाउसमेड' र दक्षिण भारतीय फिल्म '४५' प्रदर्शनमा आएका हुन्।
साइन्स फिक्सन फिल्म 'एक्लो' प्रदीप शाहीले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्कासहित जेमी बेकन, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, सुनील थापा, दिनेश डिसीलगायत कलाकारहरूको अभिनय छ। यसको रनटाइम २ घण्टा २० मिनेट छ।
त्यस्तै, पल फेग निर्देशित हलिउड फिल्म 'द हाउसमेड' मा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारहरू छन्। थ्रिलर जनरामा रहेको फिल्मको रनटाइम २ घण्टा ६ मिनेट छ।
त्यस्तै, बिहीबारदेखि नै हलमा लागेको दक्षिण भारतीय ड्रामा '४५' एक्सन फिल्म हो। अर्जुन जन्य निर्देशित फिल्मको शीर्ष भूमिकामा शिव राजकुमार, उपेन्द्र, राज बी शेट्टीलगायत छन्।
यसको रनटाइम २ घण्टा २६ मिनेट छ।
यस्तो छ नेपाली फिल्म 'एक्लो' को ट्रेलर