वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।
उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।
आइतबार दिउँसो साढे १ बजेसम्म उनको शव विकास बार्डमा राखिने बोर्डले जनाएको छ।
बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको घुइँचो लागेको छ।
सरोज खनाल, गौरी मल्ल, रेखा थापा, हरिवंश आचार्यलगायत थुप्रै कलाकाहरू उपस्थित छन्।
सुनिलले दर्जनौं नेपाली फिल्मका साथै बलिउड फिल्म तथा बेव सिरिजहरूमा अभिनय गरेका छन्। 'चिनो' फिल्ममा 'राते काइँला' को भूमिकाले नेपाली दर्शकमाझ अद्वितीय प्रभाव पारेको थियो। पछिल्लो समय उनी फिल्म 'एक्लो' मा देखिएका थिए भने 'राम नाम सत्य' को छायांकनमा थिए।
सुनिलको परिवार भारतको मुम्बईमा बस्दै आए पनि उनी काठमाडौंमा एक्लै बस्दै आएका थिए। परिवार काठमाडौं आएपछि शव पोस्टमार्टम गरेर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिएको हो।
उनको निधनमा फिल्मकर्मी, राजनीतिज्ञ, शुभचिन्तकदेखि आम सर्वसाधारणहरूले दुःख व्यक्त गरिरहेका छन्।
उनको अन्त्येष्टि पनि आइतबार गरिने जनाइएको छ। यतिबेला उनलाई अन्तिम श्रद्धाञ्जली दिन विकास बोर्डमा फिल्मकर्मीहरूको बाक्लो उपस्थिति छ।
तस्बिरहरूः
-ink-1770533671.jpeg)
-ink-1770533672.jpeg)
-ink-1770533672.jpeg)
-ink-1770533672.jpeg)
-ink-1770533671.jpeg)
-ink-1770533671.jpeg)
-ink-1770533670.jpeg)
-ink-1770533670.jpeg)
-ink-1770533669.jpeg)
-ink-1770533669.jpeg)
-ink-1770533669.jpeg)
-ink-1770533669.jpeg)
-ink-1770533668.jpeg)
-ink-1770533668.jpeg)
-ink-1770533668.jpeg)