भारतमा रहेर अध्ययन गरिरहेका सर्लाही लालबन्दीका अमन अधिकारीले सर्ट फिल्म 'गड्स प्लान' निर्माण गरेका छन्।
केही दिनअघि युट्युबमा सार्वजनिक फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको उनले बताएका छन्। 'गड्स प्लान' अमनको पहिलो सर्ट फिल्म होे। फिल्ममा नृत्य, निर्देशन र कथावाचन स्वयं अमन अधिकारीले नै गरेका छन्।
भारतमा अध्ययनरत रहँदा आफ्नो जीवनको वास्तविक सपना, रूचि र पहिचान नृत्य र फिल्म निर्माणमै रहेको बुझेपछि 'गड्स प्लान' बनाएको उनको भनाइ छ।
फिल्मको कथावस्तु सहरको व्यस्त जीवनमा जिम्मेवारी र महत्वाकांक्षाबीच संघर्षरत एक सपना बोकेको कलाकार वरिपरि घुमेको छ।