आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'श्री बुकुरोः द होम कलिङ' ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ। फिल्मको पोष्टर र ट्रेलरपछि गीत सार्वजनिक गरिएको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच 'ए साइँला दाई' बोलको गीत रिलिज गरिएको हो। यो गीतमा फिल्मका मुख्य कलाकारहरू आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य छ।
गीतको शब्द तथा संगीत बसन्त सापकोटाको हो भने सविन सुबेदी र युक्ती बिमलीले स्वर दिएका छन्।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको 'श्री बुकुरोः द होम कलिङ' पारिवारिक कथावस्तुमा आधारित छ। फिल्ममा आशीर्वाद र निकिताका अलवा लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको 'श्री बुकुरोः द होम कलिङ' लाई रूबी सेन सिंहले निर्माण गरेकी हुन्।