अभिनेत्री नीति शाह शुक्रबार बैवाहिक जीवनमा बाँधिएकी छन्।
उनले प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन्। काठमाडौंको एक होटलमा यी दुईको विवाह भएको हो।
नीति र याञ्चितले गत बैशाखमा कानुनी रूपमा विवाह गरेका थिए। उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाहपूर्व प्रि-वेडिङ फोटोसुट र सीक्रेट ब्याचलर पार्टी पनि सम्पन्न भएको थियो।
नीतिका श्रीमान् याञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्।
नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन्।
नीतिले फिल्म 'खजुरे ब्रो' बाट फिल्मी यात्रा सुरू गरेकी थिइन्। उनका 'ज्वाइँ साब', 'मोहर', 'नरसिंहा अवतार' लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्।