साहित्यकार तथा समालोचक गुरूङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार–२०८२’ प्रदान गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित गुरूङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवस समारोहका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष तथा साहित्यकार गौरी तमुद्वारा गुरूङ सुशान्तलाई नगद ३५,५५५ सहित सम्मान गरिएको हो।
'गुरूङ भाषा र साहित्यको उत्थान: हाम्रो पहिचान' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नेपाली साहित्य जगतका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो सत्रमा 'तमु पहिचान: शास्त्र, साहित्य र सञ्चारको संवाद' विषयमा छलफल गरिएको थियो भने दोस्रो सत्रमा मूल समारोह उद्घाटनसहित संस्थाको यात्रा सम्बन्धी विविध प्रस्तुति राखिएको थियो।
त्यसैगरी कार्यक्रममा तेजबहादुर घलेद्वारा लिखित ‘बिन्तीपत्र मुक्तकसंग्रह’ पुस्तकको लोकार्पण गरिएको थियो। तमु धीं यूकेको सहकार्यमा आयोजित उक्त कार्यक्रममा गुरूङ समुदायसँग सम्बन्धित विभिन्न पुस्तकहरूको प्रदर्शन तथा बिक्री–वितरणसमेत गरिएको थियो।
-1775360481.jpg)
-1775360482.jpg)
-1775360482.jpg)
-1775360481.jpg)
-1775360481.jpg)
-1775360481.jpg)