कलाकार सागर लम्साल ‘बले’लाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार कसुरमा ५ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बलेविरूद्ध एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी छन्।
चौतर्फी चर्चा भएपछि शनिबार बिहान प्रहरीले बलेलाई पक्राउ गरेको थियो। परिसरमा पीडित र पीडित परिवारबाट जाहेरी आइसकेको छैन। यसकारण प्रहरीले उनीविरूद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरेको हो।