नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकारहरू बुद्धि तामाङ र मिस पबी फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ।
निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जीद्वारा निर्देशित 'डिस्कभरिङ सिजाङ २०२६' शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो। नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत समेत उपस्थित भएका थिए।
डकुमेन्ट्रीमा नेपाल, अमेरिका, रूस, इटाली, मोरक्को र कम्बोडिया का ९ युवाहरूले चीनमा अनुभव गरेका गतिविधिहरू प्रस्तुत गरिएको छ। यसमा सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका विषयमा चीनले गरेका कामहरू देखाइएको छ ।
निफको सिजाङ पानारोममा पाँच फिल्म प्रदर्शन गरिएको थियो। जसमा फिल्महरू 'स्नो लियोपार्ड', 'होम अवे होम क्लोज', 'लर्नर्स फ्रम द टप अफ द वल्र्ड', 'सनराइज ओभर द प्लेटो' र 'वारियर किङ' समावेश थिए।
