सञ्चारकर्मी जीपी तिमल्सेनाविरूद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी परेको छ।
अभद्र व्यवहार गरेको कसुरमा जाहेरी परेको भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
उनका अनुसार पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन्।
‘जाहेरी दिनुभएको छ। यसको प्रक्रिया हामी अघि बढाउँछौं,’ उनले भने।
उषा जीपीकी पूर्वपत्नी हुन्। यसअघि उषाले पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट लेखेकी थिइन्।
यी दुईबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको थियो।