एक्सन-ड्रामा जनरामा बनेको फिल्म 'राम नाम सत्य' ले उत्साहजनक शो पाएको छ।
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई देशभरका हलहरूले उत्सहजनक शो दिएका हुन्। फिल्मको बुधबारदेखि नै अग्रिम टिकट बिक्री सुरू भइसकेको छ।
देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'राम नाम सत्य' लाई ६४ शो दिएको छ। क्युएफएक्सले काठमाडौं उपत्यकाको आफ्ना आउटलेटमा २७ र काठमाडौं बाहिरका सहरमा ३७ शो उपलब्ध गराएको हो।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले आफ्ना देशभरका आउटलेटमा २३ शो दिएको छ। बिग मुभिज, एफक्युब लगायतले पनि उत्साहजनक शो दिँदै अग्रिम टिकट बिक्री थालिसकेका छन्।
माइकल चन्दको निर्देशनमा बनेको 'राम नाम सत्य' मा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय छ।
उपेन्द्र शाही र स्वेता विमली यो फिल्मको निर्माता हुन्। मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, काला चरणको बीजीएम, बन्दे प्रसादको सम्पादन छ।
फिल्मको रनटाइम १५७ मिनेट तय छ। 'राम नाम सत्य' ले पीजी सर्टिफिकेट पाएको छ।