नेपाली निर्देशक अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म 'एलिफेन्ट्स इन द फग' (तिनीहरू) विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा छनोट भएको छ।
कान्सको 'अन् सर्टेन रिगार्ड' विधामा यो फिल्म छनोट भएको हो। यो विधा मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिन्छ।
'एलिफेन्ट्स इन द फग' को कान्स छनोटलाई नेपाली फिल्मको ठूलो सफलता मानिएको छ। यतिबेला थुप्रै फिल्मकर्मीहरूले निर्माण टिमलाई बधाईं दिइरहेका छन्।
'एलिफेन्ट्स इन द फग' को मूल कथा जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको परिवार वरिपरि घुम्छ।
'कान्स फिल्म फेस्टिभल' १३ र १४ मे मा फ्रान्सको कान्स सहरमा आयोजना हुँदैछ।
यसपालिको कान्स फेस्टिभल ७९ औं संस्करण हो। बिहीबार मात्रै अफिसियल छनोटको घोषणा भएको हो।
