अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ओटिटीमा सार्वजनिक भएको छ।
गत वर्षको सुपरहिट यो फिल्म बुधबारदेखि एमएसएम भिडिओ एपमा स्ट्रिमिङ सुरू भएको हो। अभिनेता अनमोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फिल्म अब विश्वभरका दर्शकले घरमै बसेर हेर्न सक्ने बताएका छन्।
सुयोग गुरूङ निर्देशित 'जेरी अन टप' ले स्वदेश तथा विदेशमा ठूलो कमाइ गरेको थियो। सिनेमा हलमा प्रदर्शनका क्रममा दर्शकबाट प्रतिक्रिया पनि राम्रो पाएको थियो। फिल्म अब डिजिटल प्लेटफर्ममार्फत थप दर्शकमाझ पुग्ने भएको हो।
'जेरी अन टप' मा अनमोलसहित आँचल शर्मा, जसिता गुरूङ, केदार घिमिरे, भुवन केसीलगायत कलाकारहरूको अभिनय छ।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माता भविश्य खड्का, रोबिन शेरचन, दिपक भण्डारी र अनन्या न्यौपाने हुन्।