केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनलाई समितिको सदस्यमा नियुक्त गरिएको हो।
सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए। तीमध्ये रिक्त रहेको एक पदमा पण्डित नियुक्त भएका हुन्।
बाँकी दुई सदस्य पदमा नियुक्तिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।