द हिडन ट्रेजरले मिस नेपाल-२०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ।
कम्पनीका अनुसार नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ सम्म रहेको छ।
मिस नेपाल २०२६ को ग्रान्ड फिनाले २०८३ भदौ १६, शनिबार (२०२६ अगस्ट ०१), गोदावरीस्थित द प्लाजामा आयोजना गरिनेछ। यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिनेछ। प्राप्त क्लिन हिमालयाज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकहरू नेपाली नागरिकता भएका र विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क छ।
यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिनेछन्- मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल।
-1779282690.jpg)
-1779282690.jpg)
-1779282690.jpg)
-1779282689.jpg)