नेपाल प्रहरीको साइबर ब्युरोले तीन जना कमेडियन तथा पडकास्टरलाई बोलाएर सचेत गराएको छ।
कमेडियन सजन श्रेष्ठ, विशाल गौतम र उत्सव सापकोटालाई बोलाएर सचेत गराएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिप गिरीले जानकारी दिए।
‘प्रहरीसँग सम्बन्धित केही अपाच्य शब्दावलीहरू प्रयोग गर्नुभएको थियो। त्यस्तो नगर्न भनेर बोलाएको हो,’ उनले भने।
श्रेष्ठ, गौतम र सापकोटा विभिन्न कमेडी तथा पडकास्ट कार्यक्रमहरू चलाउँदै आएका थिए।