उच्च अदालत पाटनले लालीबजार फिल्मको सफ्टकपी मागेको छ।
मंगलबार न्यायाधीशहरू स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले लालीबजार फिल्मको सफ्टकपी देखाएर फिर्ता लैजाने गरी षड्कोण आर्ट्सबाट झिकाउन आदेश दिएको छ।
यो फिल्म बुधबार बस्ने इजलासमा देखाउन भनिएको हो।
यसअघि जेठ १ गते सर्वोच्च अदालतले उक्त फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश दिएको थियो।
उक्त आदेश पछि रोसनी नेपालीले फेरि उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरूले बुधबार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा फिल्म हेरी र दुई पक्षबीच छलफल गरी निर्णय लिने भएका हुन्।
वैशाख २५ गतेदेखि यो फिल्म प्रदर्शनमा छ।